दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

१२ असार २०७९, आईतवार १०:३६

काठमाडौं । दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहाी खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीले १६.५ प्रतिशत बोनस शेयर गत पुष १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । सो मितिपश्चात शेयर अभौतिकीककरण गराएका शेयरधनीहरुको हकमा उक्त बोनस शेयर क्रमश हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, एनएनली इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर गत चैत ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको हो । सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*