१९ जीवन बीमा कम्पनीको बीमाशुल्क मंगलबार इसेवामार्फत भुक्तानी गर्दा क्यासब्याक अफर

१३ असार २०७९, सोमबार १८:१४

काठमाडौं । भोलि (असार १४ गते) मंगलबार १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्दा २०० सम्म क्यासब्याक पाइने भएको छ । अनलाइन डिजिटल भुक्तानी माध्यम इसेवाले सबै जीवन बीमा कम्पनीहरुको बीमाशुलक तिर्दा क्यासब्याक पाइने एकदिने अफर ल्याएको हो ।

उक्त अफरअन्तर्गत सम्बन्धित बीमितहरुले मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत बीमाशुल्क तिर्दा २ सय क्यासब्याक पाइने इसेवाले जनाएको छ ।

साथै बीमितहरुले जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि क्यासब्याक पाइने बताइएको छ । इसेवामार्फत भुक्तानी गर्दा कम्पनीले हाल संचालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिने इसेवाले जनाएको छ ।

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ उनीहरुका लागि लखपति योजना संचालन गरिरहेको छ । भदौ ५ गतेसम्म संचालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०–२० हजार रुपैयाँ नगद उपहार पाउने बताइएको छ । यसैगरी योजना संचालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*