जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्बमाथि, कुनको कति ?

१४ असार २०७९, मंगलवार १८:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्मको प्रिमियम हो ।

यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ८ लाख ६१ हजार ४८७ वटा रहेका छन् ।

दोस्रोमा एलआईसी (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्मा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको सूचीमा क्रमशः दोश्रो र तेश्रोमा छन् ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले ११ महिनामा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।
समीक्षा अवधिमा सबै कम्पनीहरु अर्बभन्दा बढीको बिजनेस गर्न सफल भएका छन् । जसमध्ये अधिकांश कम्पनीले ४ देखि ५ अर्बसम्मको बिजनेस गरेका नियामक निकाय बीमा समितिले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*