आइएमई लाइफले माग्यो सातै प्रदेशबाट ६७ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१६ असार २०७९, बिहीबार १२:०९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुखहरु माग गरेको हो ।

प्रभु लाइफले प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेस प्रदेश अन्तर्गत ११ वटा शाखा कार्यालयका लागि, बागमति प्रदेश अन्तर्गत १७ वटा शाखाका लागि, गण्डकी प्रदेश अन्तर्गत ७ शाखा, लुम्बिनी प्रदेश अन्तर्गत ९ शाखा, कर्णाली प्रदेश अन्तर्गत ४ शाखा र सुदुरपश्चिम प्रदेश अन्तर्गत ४ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

कम्पनीले सो पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र कम्पनीको इमले मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*