रिलायबल नेपाल ओखलढुङ्गा शाखाका डिएम सम्पर्क विहीन हुँदा जीवन बीमा र आर्थिक कारोबार नगर्न बीमितलाई आग्रह

१६ असार २०७९, बिहीबार १२:४७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ओखलढुङ्गा शाखाका डिएम अशोक दाहाल वैशाख २८ गतेदेखि कार्यालयको सम्पर्कमा नआएको कम्पनीले जनाएको छ ।

रिलायबल लाइफले आज एक सूचना प्रकाशित गर्दै दुई तिन महिनायता कार्यालयमा सम्पर्कमा नआएका कारण निजसँग सम्बन्धित कुनै पनि किसिमको जीवन बीमा लगायतका आर्थिक काम कार्यबाहिहरु नगर्न बीमितहरुलाई आग्रह गरेको छ ।

ओखलढुंगा जिल्ला साविक बरुणेश्वर गाविस वडा नं। ४ घर भई मेलुङ्ग गाउँपालिका २ भई ओखलढुंगा शाखाका डिएम दाहाल चुनावयता कार्यालयको सम्पर्कमा नआएका कम्पनीले जनाएको छ । ओखलढुंगाा शाखाका एक कर्मचारीका अनुसार बीचमा उनी एकपटक कार्यालय आएर चाबी छोडेर गएका थिए ।
करिब २।३ महिनायता सम्पर्कमा नआएको तर आधिकारीक रुपमा लिखित राजिनामा पत्र पेश भने नगरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*