गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

१७ असार २०७९, शुक्रबार १५:३३

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं.०१ बसोबास गर्ने बीमित लाल मोक्तानको मृत्यु बीमा दाबी भुक्तानी उनकी श्रीमति सितामाया मोक्तानलाई कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले मृत्यु दाबी वापतको १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व.चन लाल मोक्तानको क्यान्सर रोग बाट मृत्यु भएको थियो ।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*