दाङको घोराहीमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा संचालन

२२ असार २०७९, बुधबार १५:५२

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथित्वमा असार २१ गते मंगलबारका दिन गरिएको हो ।
नगर प्रमुख चौधरीले सरकारी निकायबाट लगानी भएको विश्वसनीय र पुरानो संस्थान भएकोले ढुक्क भएर बीमा गराउन नागरिकलाई आग्रह समेत गरेका थिए । नगरमा सरकारी निकायको बीमा कम्पनि संचालनमा आएकोले मेयर चौधरीले खुसि व्यक्त गर्दै आफ्नो र परिवारको आवश्यकताका लागि बचत गर्न जनमानसलाई उत्प्रेरित गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि तथा संस्थानका संचालक समितिका सदस्य रामप्रसाद गौतमले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको लगानी रहेको बताउँदै राष्ट्रिय बीमा संस्थानले लामो समय कारोबार गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय बीमा संस्थान दाबी भुक्तानीमा सधै अग्रपंक्तिमा रहेको संस्थानका प्रशासक कवि प्रसाद पाठकको भनाइ थियो । उनले राष्ट्रसेवक कर्मचारीको सन्दर्भमा अवकासपछी ७० वर्षसम्म निरन्तरता दिने सुविधा रहेको वा पैसा निकाल्छु भने पनि पाउन सकिने कुरा स्पष्ट पारे । सरकारी स्तरबाट संचालनमा रहेकोले विश्वसनीयताको हिसाबले केहि कमि नभएको कुरा प्रशासकले प्रष्ट पारेका थिए ।

एक घर एक बीमा पोलिसी, सबै कर्मचारीको बीमा गराउन सहजीकरण गरि दिनुहुनको लागि कार्यक्रमका अध्यक्ष एवं घोराही शाखा प्रमुख सुजित प्रसाद शाहले मेयर संग आग्रह गरे । उनले सरकारी सेवा राम्रो हुन्न भन्ने भ्रममा नपर्न समेत गरेका थिए । एकपटक सेवाको मौका दिए त्यो भ्रम हटाउने उनको भनाई थियो ।

कार्यक्रममा बरिष्ठ अभिकर्ताहरु यादव प्रसाद शर्मा र रक्षा न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण नेपालगंज शाखा प्रमुख जनक केसी र स्वागत मन्तव्य घोराही शाखाका कर्मचारी सुरेन्द्र बहादुर खत्रीले गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*