सर्वसाधारण आफैले बुझेर गर्न थाले जीवन बीमा, बीमा अभिकर्ता जीवन बीमाको अभिन्न अंगः अध्ययन

२२ श्रावण २०७९, आईतवार १०:२४

काठमाडौं । सर्वसाधारण जनता आफैले जीवन बीमाका बारेमा बुझेर बीमा गर्न थालेको आज सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । रमेश कुमार भट्टराई अध्यक्ष रहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले आज सार्वजनिक गरेको जीवन बीमा पोलिसीबारेको अध्ययन अनुसार ८० प्रतिशत जनताले आफैले बुझेर जीवन गरेको देखिएको छ ।

अध्ययन अनुसार बीमालाई जनताले अति आवश्यक सेवाको रुपमा लिएको तथ्य समेत सोही अध्ययनले औल्याएको छ । कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको थियो । जीवन बीमा गरिसकेका ४९२ जना विमितसंग गरिएको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागि अध्ययनमा ८९ प्रतिशतले जनताले आवश्यकता बुझेर बीमा गरेको जवाफ दिएका छन् । त्यस्तै अभिकर्ताको दवावमा ८ प्रतिशतले बीमा गरेको देखिएको छ भने ३ प्रतिशतले देखासिखीमा जीवन बीमा गरेको औल्याएका छन् ।

पचास जना सहयोगि कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको निष्कर्ष निकालिएको अध्यक्ष तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

 

स्रोतः नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.

छोटो अवधीमा नै बीमाको पहुँच ३५ प्रतिशत पुगेकोमा सबैतिरबाट चासो र प्रश्न गरिरहेको बेला आज सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा ८५ प्रतिशतले जनताले बीमा अति आवश्यक रहेको तथ्य औल्याएका छन् । त्यस्तै, १४ प्रतिशतले बचत भए गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नदेखिएको जवाफ दिएका छन् ।

अध्ययन प्रतिवेदन अनुसार बीमा अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको समेत अध्ययनले निष्कर्ष निकालेको छ । बीमा गरेपछि ८०५ प्रतिशत बीमा अभिकर्ता निरन्तर बीमितको सम्पर्कमा रहनु, बीमितलाई बीमा गर्ने कम्पनीको बारेमा जानकारी हुनु, कूल बीमा गरेका मध्ये ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरेर बीमा गरिएको भन्ने जवाफ दिनुले जीवन बीमाको अभिन्न अंगको रुपमा बीमा अभिकर्तालाई लिन सकिने तथ्य उजागर भएको छ ।

बीमा समितिले अनलाईनबाट सफ्टवयरबाटै बीमा पोलिसी बिक्री गर्ने बाटो खुल्ला गर्ने प्रयत्न भइरहँदा आज प्रकाशित भएको अध्ययन प्रतिवेदनले बीमा अभिकर्ताहरुले बीमितलाई बीमा पोलिसीको बारेमा पर्याप्त सम्झाई बुझाई गर्ने गरेको, बीमा कम्पनीहरुको बारेमा समेत स्पष्ट रुपमा बुझाउने गरेको, बीमा गरेपछि पनि अभिकर्तासँग निरन्तर सम्पर्कमा रहेका जस्ता कारणहरुबाट बीमाका असली दूत भनेकै बीमा अभिकर्ता हुन् भन्ने कुरा पुष्टि हुन आएको छ । साथै बीमा अभिकर्ताको विकल्पमा बीमा समितिबाट हुन लागेका कामहरु असफल हुने तथ्यले उजागर गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*