एशियन लाइफ र एड्भाइजर राइजिङ्ग स्टार्स इन्स्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी यात्रा सम्पन्न

२२ श्रावण २०७९, आईतवार १६:४६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एड्भाइजर राइजिङ्ग स्टार्स इन्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी ड्यामसाइड यात्रा सम्पन्न भएको छ । मकवानपुरको इन्द्रसरोवर गापा अन्तर्गतको कुलेखानी ड्याम यात्रा बीमा एड्भाइजरको टोली यात्रा सम्पन्न भएको हो ।

दुई दिन एक रात भएको कार्यक्रमा बीमा एड्भाइजरको टोली निकै रमाइलो गर्नुको साथै नयाँ जोसजागरका साथ बीमा व्यवसाय गर्ने योजनामा गोलबद्व भई लक्ष्य रहेको कार्यक्रम संयोजक राजु साहले जनाए ।

अभिकर्ताको दायित्व र सफलता बारे प्रकाश पार्दै पेशालाई निरन्तर बनाउनु पर्ने कुरामा एशियन लाइफ इन्स्योरेन्स हेटौडा शाखा कार्यालयका प्रबन्धक हिरालाल श्रेष्ठले जोड दिएका थिए ।

एड्भाइजर राइजिङ्घ स्टार्स इन्स्योरेन्स ग्रुपले बीमित, अभिकर्ता र कम्पनी र समग्र बीमा प्रति निकै जिम्मेवारीका साथ अगाडी बढेको प्रति एशियन लाइफ इन्स्योरेन्स शाखा कार्यालय चावाहिलका प्रबन्धक अशोक गीरीले जनाए । कुलेखानी ड्याम यात्रामा प्रधान कार्यलय लगायत अभिकर्ताहरुको सामुहिक सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*