एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

२३ श्रावण २०७९, सोमबार ०९:४५

काठमाडौं । एभरेष्ट बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ। एभरेष्ट बैंकको भदौ १ गतेसम्म थप भएको छ ।बैंकले आज एक सूचना जारी गर्दै समय थप भएको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जानकारी गराएको हो । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको ऋणपत्र विक्री गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीमा ल्याएको छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरिनेछ । सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि निष्कासन गरेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*