जन्मदिनको अवसरमा गुराँस लाइफको बीमा पोलिसी उपहार

२३ श्रावण २०७९, सोमबार ११:०४

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डिङ चलेको छ । यसैबीच कैलालीको भौनी देवी चौधरीले आफ्नी छोरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् ।

जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बिमा गराएकी हुन् ।

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् ।उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् ।

गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*