बीमितको स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गर्नुपर्ने जीवन बीमक संघको निष्कर्ष

२३ श्रावण २०७९, सोमबार १८:४३

काठमाडौं । जीवन बीमक संघले अण्डरराईटिङमा सुधार गनुपर्ने बिषयमा सुझाव दिने भएको छ । जीवन बीमक संघले आयोजना गरेको कार्यक्रममा बीमित स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गुनपर्ने जीवन बीमक संघले निष्कर्ष निकालेका छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा बीमा समितिकै कार्यकारी निर्देशक राजुरमण पौडेल पनि उपस्थिमा थिए । कार्यक्रममा जीवन बीमक संघले अण्डरराईटिङलाई कसरी व्यवस्थापन गर्दा बीमा ठगीबाट बच्न सकिन्छ भन्ने बिषयमा बीमा समितिलाई लिखित सुझाव हस्तान्तरण गरेको संघले जनाएको छ । संघले बीमितको आम्दानी स्रोत, स्वास्थ्य परिक्षणमा बिशेष ध्यान दिनुपर्ने निष्कर्षलाई सुझावको रुपमा बीमा समितिलार्ई दिएको छ ।

कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले संघको तर्फबाट बीमा समितिलाई आफ्नो धारणा राखेका थिए । कार्यक्रममा संघका अन्य पदाधिकारीहरुले समेत बीमा समितिलाई सुझाव दिएका थिए ।

बीमा ठगी प्रकरणको कारण कोहलपुरका सुकुम्बासी २१ वर्षिय युवक सर्जन विकको हत्या भएपछि अण्डरराइटिङमा कमजोरी भएको भन्दै बीमा समितिले जीवन बीमा कम्पनीसँग सुझाव लिएको हो । बीमा समितिले अण्डरराइटिङको निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ । यद्यपि बीमा विज्ञहरुले भने बीमा आमजनताको पहुँचमा हुनुपर्ने र एकाध घटनाकै आधारमा सिष्टममा प्ले हुन दिन नहुने भएकोले नियामक निकाय जिम्मेवार हुनुपर्ने तर्क अघि सारेका छन् ।

बीमा कम्पनीको अण्डरराइटिङ विभागका कर्मचारीहरुले बीमा ऐनमा भएका प्रस्तावहरुलाई सहजै स्वीकृत नगरी बीमा गराउने प्रचलनको कारण यस्तो समस्या देखिएको बीमक संघले विश्लेषण गरेको छ । जीवन बीमक संघले यसै साता बीमा समितिलाई सुझाव पत्र बुझाउने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*