पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

२४ श्रावण २०७९, मंगलवार १०:५२

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।

विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्षसुभाष अमात्यले गरेका थिए ।

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

पहिलो चरण, विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट व्यवसाय गर्नेे सिईओ क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गरेका थिए ।

कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई संचालक समिति अध्यक्ष सुभाष अमात्य ज्यूले र सिइओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतसन्तोष प्रसाईले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाईफका संचालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने छ भनि शुभकामना व्यक्त गरे ।

त्यस्तै सम्बोधनकै क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसन्तोष प्रसाईले हामी सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८÷७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे। उनले भने, दृढ संकल्प र मिहेनतले नै यो उचाइमा पुग्न सफल भएका हौं भने आगामी दिनमा यो उचाइको बृद्धिदरलाई कायम राख्ने दृढ बिश्वास समेत व्यक्त गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*