एलआईसी नेपालका विभागिय प्रमुख र शाखा प्रवन्धक सम्मेलन सम्पन्न , जीवन बीमाकाे स्थायित्वबारे छलफल

२४ श्रावण २०७९, मंगलवार १४:३८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी ) नेपालले  धुलिखेलमा  विभागिय प्रमुख र शाखा प्रवन्धकहरु बीचको सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सिईओ लक्ष्मी प्रसाद दास, उप प्रमुख कार्यकारी टि बर्नावाल, प्राविधिक प्रमुख सञ्जीव कुमार अग्रवाल, प्रदेश प्रमुखहरु श्रीखण्ड श्रेष्ठ, श्रीजना नेपाल, जिरेनियम श्रेष्ठ, सुजित कुमार ठाकुर, कम्पनी सचिव सुदर्शन गिरी लगायत विभागिय प्रमुखहरुको उपस्थिति थियो।

एलआइसी नेपालका सिइओ एलपी दासको प्रमुख आतित्थ्यमा सम्पन्न सम्मेलनमा जीवन बीमा स्थायित्व तथा दीगोपनाको विषयमा छलफल भएको हो ।देशैभरिमा बीमा ब्रान्च म्यानेनजर र डिपार्टमेन्ट हेड हरूको उपस्थिति रहेको सम्मेलनमा बीमा व्यवसायका बारेमा गहन छलफल भएको र आगामी दिनमा सेवाग्राही माँझ अझै परिस्कृत र उत्कृष्ट रूपमा प्रस्तुत हुन योगदान गरेको कम्पनीले जनाएको छ।

यही साउन २३ र २४ गते आयोजना गरिएको कार्यक्रममा देशैभरिका बीमा अभिकर्ताहरूका बीचमा अन्तर्घुलन भएको र अनुभव आदान प्रदानबाट सामूहिक लाभ मिलेको कार्यक्रममा सहभागीले बताएका छन्।

कार्यक्रममा शाखा कार्यालयहरुको बार्षिक टार्गेट तय गर्नुको साथ गत वर्षको व्यवसायको समीक्षा गरिएको थियो । एलआईसी नेपालले आफ्ना शाखा प्रमुख तथा विभागीय प्रमुखहरुसँग बसेर गहन छलफल पश्चात बार्षिक कार्ययोजना बनाउने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*