जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्ब माथि, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

२६ श्रावण २०७९, बिहीबार १७:२७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

असार मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस अवधिसम्ममा ३५ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा एलआईसी (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १८ अर्ब रुपैयाँ प्रिमियम कलेक्ट गर्न सफल भएको छ।तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १४ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड रुपैयाँ, युनियनले ७ अर्ब ९२ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८७ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ४३ करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब २३ करोड रुपैयाँ, सूर्या लाइफले ४ अर्ब ९९ करोड रुपैयाँ, प्राईम लाइफले ४ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ३ अर्ब ९४ करोड रुपैयाँ, ज्योति लाइफले ३ अर्ब ८० करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ५३ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ, रिलायन्स लाइफले ३ अर्ब १२ करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ८ करोड रुपैयाँ, प्रभु लाइफले २ अर्ब ३९ करोड रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*