जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १ खर्ब नजिक, कुनको रिन्यू प्रिमियम कति ? (इन्फोग्राफ सहित)

२६ श्रावण २०७९, बिहीबार १८:२३

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा झण्डै १ खर्ब रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ९७ अर्ब १९ करोड रुपैयाँ बराबर नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

असार मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले नविकरण बीमाशुल्क आर्जन रहेको छ । कम्पनीले यस अवधिसम्ममा २८ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।दोस्रोमा एलआईसी (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १५ अर्ब रुपैयाँ प्रिमियम कलेक्ट गर्न सफल भएको छ।तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ९ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थानले ७अर्ब ५१ करोड रुपैयाँ, युनियन लाइफले ५ अर्ब ४० करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ७३ करोड रुपैयाँ, मेट लाइफको ३ अर्ब ७६ करोड रुपैयाँ, प्राइम लाइफको ३ अर्ब ३२ करोड रुपैयाँ, सूर्या लाइफको ३ अर्ब ३० लाख रुपैयाँ, सिटिजन लाइफको २ अर्ब ६० करोड रपैयाँ र गुराँस लाइफको २ अर्ब ४३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, आइएमई लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ७० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ४६ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब २९ करोड रुपैयाँ, प्रभु लाइफले ९४ करोड र महालक्ष्मी लाइफले ७३ करोड ५५ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*