जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क ४१ अर्बमाथि, व्यवसाय विस्तारमा नयाँ बीमा कम्पनी अग्रसर (इन्फोग्राफसहित)

२६ श्रावण २०७९, बिहीबार १९:०६

काठमाडौं । जीवन बीमा कम्पनीहले गत असार मसान्तसम्ममा ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निमयक निकाय बीमा समितिले आज सार्वजनिक गरेको गत असार सम्मको विवरणअनुसार १९ जीवन बीमा कम्पनीहरुले झण्डै साढे ४१ अर्ब प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ७ अर्ब ३७ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । आफ्नो बीमा ब्यवसायलाई बढाउँदै नेपाल लाइफले अन्य जीवन बीमा कम्पीलाई पछि पार्दै ७ अर्बमाथिको प्रथम बीमाशुल्क आर्जन गरी टप वानको लिस्टमा आफ्नो नाम कायम राख्न सफल भएको हो ।

त्यस्तै, दोस्रोमा नेशनल लाइफले पनि असार मसान्तसम्म ४ अर्ब ६८ करोड प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेशनल लाइफले सो अवधिसम्म १४ अर्ब ३३ करोडमाथि कुल बीमाशुल्क आर्जन गर्दा प्रथम बीमाशुल्क मात्रै ४ अर्ब ६८ करोड रुपैयाँमाथि संकलन गरेको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले पनि सो अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । साथै चौथोमा सिटिजन लाइफ इन्स्योरेन्सले बीमा ब्यवसाय विस्तार गर्दै गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

सिटिजन लाइफलाई पच्छ्याउँदै युनियन लाइफले पनि सो अवधिसम्म प्रथम बीमाशुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको छ । गत फागुन मसान्तसम्म सातौं नम्बरमा रहेको युनियनले सो अवधिसम्म २ अर्ब ५१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जनमा जम्प गरी पाँचौ नम्बरमा आफ्नो स्थान जमाएको हो ।

त्यस्तै, सो अवधिसम्म प्रथम बीमाशुलक रिलायबल लाइफको २ अर्ब ४० करोड, एशियन लाइफको १ अर्ब १४ करोड, सूर्या लाइफको १ अर्ब ९१ करोड, सन नेपाल लाइफको १ अर्ब ८९ करोड, ज्योति लाइफको १ अर्ब ८५ करोड, आइएमई लाइफको १ अर्ब ५४ करोड, मेट लाइफको १ अर्ब ४६ करोड, प्रभु लाइफको १ अर्ब ४४ करोड, रिलायन्स लाइफको १ अर्ब ४१ करोड, प्राइम लाइफको १ अर्ब २७ करोड, सानिमा लाइफको १ अर्ब १ करोड, राष्ट्रिय बीमा संस्थानको ९६ करोड ३९ लाख, महालक्ष्मी लाइफको ८५ करोड १२ लाख र गुराँस लाइफको ६४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*