नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो, कुल बीमाशुल्क आर्जन ८ अर्बमाथि

२७ श्रावण २०७९, शुक्रबार १०:४२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्ममा नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८.१७ प्रतिशतले घट्न पुगेको छ ।

गत आर्थिक वर्षको चैतमसान्तसम्ममा नेपाल पुनर्बीमा कम्पनीले ५७ करोड २३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जसमध्ये निर्जीवन बीमा ब्यवसायबाट ६० करोड २१ लाख १७ हजार रुपैैयाँ खुद नाफा आर्जन गर्दा जीवन बीमा ब्यवसायाबट २ करोड ९७ लाख ३१ हजार नोक्सानीमा रहेको छ ।

यो खुुद नाफा अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ३८.१७ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा मात्रै ९२ करोड ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमध्ये नेपाल रि ले निर्जीबन बीमा व्यवसायतर्फबाट ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दा जीवन बीमा ब्यवसायतर्फबाट १० करोड १० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल पुनर्बीमा कम्पनीको कुल बीमाशुल्क आम्दानी भने बढ्न पुगेको छ । बीमा ब्यवसायमा विस्तार गर्दै नेपाल रि ले सो अवधिसम्म ८ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी आर्जन गरेको छ । यो आम्दानी अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा २८.८६ प्रतिशतले बढी हो ।

सो अवधिसम्म नेपाल रि को लगानी, कर्जा अन्यबाट हुने आम्दानी १७ प्रतिशले बढेर १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने आम्दानीसँगै व्यवस्थापन खर्च समेत बढेर ८४.७३ प्रतिशतले बढेर १० करोड ४३ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क ३२ प्रतिशतले बृद्धि भई ७ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा जगेडा कोषमा ७ अर्ब ५० करोड ९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, नेपाल रि ले बीमा कोषको आकार चैत मसान्तसम्म २५.१९ प्रतिशतले बढाएर कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । साथै यस अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी १०४ प्रतिशतले बढेर ४ अर्ब ६ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपीएस) ६ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, पिई अनुपात १५७.२१ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*