नेपालमा बीमाको दायरा ४१ प्रतिशत नाघ्यो, वर्षदिनमा झण्डै ५० प्रतिशतले बृद्धि

२७ श्रावण २०७९, शुक्रबार १२:३९

काठमाडौं । पछिल्लो एक वर्षमा बीमाको पहुँच ४१ प्रतिशत नाघेको छ । बीमा समितिले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो वर्षदिनमा बीमाको पहुँच ४९.६५ प्रतिशतले बृद्धि भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार कूल बीमा पोलिसी एक करोड ३० लाख ९९ हजार ६३२ वटा बीमा पोलिसी बिक्री भएको छ । सो बीमा पोलिसीबाट पाँच प्रतिशत डुप्लिकेशन संख्या घटाएर बीमाको दायरामा आउनेको प्रतिशत ४१.२० पुगेको बीमा समितिले जनाएको छ ।

कूल बीमाको दायरामा बृद्धि भएपनि जीवन बीमाको मात्रै बीमाको पहुँच भने १६.६२ प्रतिशत मात्रै छ । बाँकी लघुबीमा, म्यादी बीमा तथा वैदेशिक रोजगार म्यादी बीमा सहित गरेर सो पहुँच हासिल भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*