सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष करिब ३३ प्रतिशतले बढ्यो, अन्य सूचाङ्कमा देखियो प्रगति

२९ श्रावण २०७९, आईतवार १०:५८

काठमाडौं । सूर्या लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सूर्या लाइफले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सूर्या लाइफले ५ अर्ब ५ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्म आफ्नो बीमा ब्यवसायमा सुधार गर्दै अघिल्लो आवको तुलनामा कुल बीमाशुल्क आम्दानी १९.३८ प्रतिशतले बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म सूर्या लाइफले ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुल्कमा उल्लेख्य सुधार गर्दै इन्स्योरेन्सले समिक्षा अवधिसम्ममा जीवन बीमा कोषमा १ खर्ब ४० अर्ब ९ करोड रुपैयाँ संचित गर्न सफल भएको छ । जुन यो अघिल्लो आवको तुलनामा ३२.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा इन्स्योरेन्सले जीवन बीमा कोषमा १ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँ मात्रै संचित गरेको थियो । जीवन बीमा कोषको आकार बढाउँदा यता जगेडा कोषको आकार भने सामान्य घट्न पुगेको छ ।

असार मसान्तसम्म सूर्या लाइफको जगेडा कोषको आकार १०.१२ प्रतिशतले घटेर ६६ करोड ५६ लाख २ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आवमा इन्स्योरेन्सको जगेडा कोषमा ७४ करोड ५ लाख रुपैयाँ संचिती रहेको थियो ।

यस अवधिसम्म सूर्या लाइफको व्यवस्थापन खर्च भने बढ्न पुगेको छ । यसकारण कम्पनीको नाफा प्रभावित बनेको रिर्पोटले देखाएको छ । व्यवस्थापन खर्च असार मसान्तसम्म ७६.५१ प्रतिशतले बढेर ७८ करोड ८ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्च बढेसँगै यस अवधिसम्म कम्पनीको खुद नाफा ३२.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले २० करोड माथि खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको खुद बीमाशुल्क १८.६८ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी समेत ३८.१८ प्रतिशतले बृद्धि भई १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

साथै असार मसान्तसम्म सूर्या लाइफको अभिकर्ता कमिशन ६१ करोड ७५ लाख ३४ हजार रुपैयाँ पुगेको छ साथै सो अवधिसम्म कम्पनीको कायम पोलिसी संख्या अर्थात बीमालेख संख्या ४ लाख ४८ हजार ३६ रहेको छ ।

समिक्षा अवधिसम्म सूर्या लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाा २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा रहेको छ । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योेरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*