एलआइसी नेपालद्वारा १० दिनमै बीमा दाबी भुक्तानी, नेत्रहिन परिवारले पाए १२ लाख

२९ श्रावण २०७९, आईतवार १२:३७

काठमाडौं । एलआईसी (नेपाल)ले नवलपरासीस्थित एक नेत्रहिन परिवारलाई बीमा दाबी वापतको रकम १२ लाख रूपैयाँ भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रमका बीच बीमितको परिवारलाई दाबी भुक्तानी गरेको हो । कम्पनीले नवलपरासी रामग्राम नगरपालिका १८ का मृतक बीमित टेक नारायण पाण्डेको केश फाईल भएको १० दिनमै भुक्तानी दिन सफल भएकाे छ ।

मृतक बीमितले एलआईसी नेपालमा तीन बर्ष अघि १० लाख रुपैयाँको बीमा पोलिसी लिएका थिए । उक्त बीमा पोलिसीमा २ लाख रुपैयाँ थप भई कम्पनीले १२ लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीको डिसिईओ टुन टुन बर्णवाल, कम्पनीका शाखा प्रमुख तिर्थ राज आर्चाय र एलआईसी नेपालकी सिनियर एजेन्सी म्यानेजर प्रभा ज्ञवालीको उपस्थितमा मृतकको बुबालाई १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*