रिलायन्स लाइफ सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा पौने चार अर्ब संचिती

३१ श्रावण २०७९, मंगलवार ०७:१५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा सबै सूचांकहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा मुनाफा समेतमा उल्लेख्य बृद्धि भएको हो ।

वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी १८.८७ प्रतिशतले बृद्धि दुई अर्ब ९९ करोड २६ लाख नौ हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी दुई अर्ब ५१ करोड थियो । कम्पनीले व्यवस्थापन खर्च स्थीर राख्दै ५२ करोडबाट ५३ करोडमा सीमित बनाउन सफल भएको छ । कम्पनीले कर्जा, लगानी तथा अन्यबाट प्राप्त आम्दानी ४३.८२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको प्रभावकारी व्यवस्थापनको कारण लगानीबाट प्राप्त आम्दानी बृद्धि हुन सफल भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।

खर्च स्थी राख्न सफल हुनु र आम्दानीमा उलेख्य बृद्धि तथा बीमाको व्यवसाय विस्तार गर्न सफल हुनुले कम्पनीको मुनाफामा ७४.११ प्रतिशतले बृद्धि हुन सफल भएको छ । अघिल्लो आवमा जम्मा सात करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा १२ करोड २१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कनपछि हेरफेर हुनसक्नेछ ।

समीक्षा अवधीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ४६ करोड ३४ लाख १४ हजार रुपैयाँ कमिशन बापत वितरण गरेको छ । अघिल्लो आवको तुलनामा अभिकर्ताले पाउने कमिन १०.९५ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या ११ लाख ४४९ वटा रहेको छ । अघिल्लो आवमा कम्पनीसँग जम्मा चार लाख १४ हजार २९० वटा बीमा पोलिसी थिए । कम्पनीको प्रतिशेयर आम्दानी ५.८२, नेटवर्थ ११९.९७ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २९०.६२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*