मेट लाइफको बीमा व्यवसाय लगभग स्थीर, आम्दानी अनुपातमा खर्चमा बृद्धि

३१ श्रावण २०७९, मंगलवार ०८:००

काठमाडौं । अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफको गत आवमा वित्तीय विवरणमा बीमा व्यवसाय लगभग स्थीर जस्तै देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी जम्मा ४ प्रतिशतले बृद्धि हुँदा जीवन बीमा कोषको आकार समेत खासै बृद्धि हुन सकेन । साथै आम्दानी र खर्चको अनुपात समेत मिलाउन नसक्दा मुनाफा समेत घटेको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार मेट लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ४४ करोड ४९ लाख ९१ हजार रुपैयाँ संचिती रहेको छ । सो संचिती अघिल्लो आवको तुलनामा ९.२७ प्रतिशतले मात्रै बृद्धि हो । गत आवको असार मसान्तसम्मा १८ अर्ब ७१ करोड संचिती रहेकोमा नेपालकै अन्तर्राष्ट्रियस्तरको जीवन बीमा कम्पनीले कोषमा जम्मा एक अर्ब ७३ करोडमात्रै योगदान गर्न सफल भएको छ ।

कम्पनीको समग्र कोषको आकार ९ प्रतिशतले बृद्धि भई २३ अर्ब ४० करोड रुपैयाँ संचिती छ । लगानी शून्य भएको कम्पनीको चुक्ता पुँजि समेत छैन । त्यसैले कम्पनीले दुई अर्ब ६२ करोड रुपैयाँ जगेडा कोषमा संचिती राखेकोछ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी चार अर्ब ९८ करोड ६२ लाख ४१ हजार रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीले चार अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेकोमा गत आवमा चार प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनी कम्पनीको खुद दावी भुक्तानी तीन अर्ब ५० करोड ३३ लाख ३७ हजारबाट बृद्धि भई तीन अर्ब ९५ करोड ३४ लाख ६३ हजार पुगेको छ । जुन अघिल्लो आवको तुलनामा १२.८५ प्रतिशतले बढि हो ।

कम्पनीको लगानी, कर्जा लगानी तथा अन्य आयबाट प्राप्त रकम १५ प्रतिशतले बृद्धि भई एक अर्ब ७१ करोडबाट बढेर एक अर्ब ९७ करोड २६ लाख ९० हजार पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च १६.७६ प्रतिशतले बृद्धि भई ४७ करोड ६३ लाखबाट बढेर ५५ करोड ६४ लाख ७४ हजार पुगेको छ । कम्पनीको आम्दानी १५ प्रतिशतले बृद्धि हुँदा व्यवस्थापन खर्च १६.७५ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै बीमा अभिकर्ताहरुले पाउने कमिशन रकम एक प्रतिशतले बृद्धि भई ४८ करोड ३५ लाखबाट बढेर ४८ करोड ७८ लाख पुगेको छ ।

कम्पनीको खुद नाफा २९.४५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३५ करोड खुद नाफा कमाएको कम्पनीले गत आवमा २४ करोड ७६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको खुद नाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या पनि ८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ११ लाख ९९ हजार ३९२ वटा बीमा पोलिसी रहेकोमा गत आवमा ११ लाख २२८ वटा बीमा पोलिसी मात्रै कायम छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*