सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष कति ?

३१ श्रावण २०७९, मंगलवार ०९:३१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क अर्जान ४५ दशलमव ४५ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको असार मसान्तसम्ममा ५ अर्ब १४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनील ३ अर्ब ४४ करोड रुपैयाा कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको खुद नाफा गत आर्थिक वर्षमा शुन्य दशमलव १८ प्रतिशतले बढेर १८ करोड ८२ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड ७९ लाख माथि थियो । गत आर्थिक वर्षमा १ अर्ब १६ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ३६ करोड ३ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

कम्पनीहरुको हालको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बीमा समितिको पुँजि वृद्धिको निर्णय अनुसार कम्पनीले पुँजि बढाउनुपर्ने दबाब देखिन्छ । हालसम्म कुनै कम्पनीसँग मर्जरमा जाने भन्ने बिषयमा कम्पनीबाट छिनोफानो भने भईसकेको छैन ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा १ वर्षको अवधिमा ६१ दशमलव ४८ प्रतिशत बढेर ५ अर्ब ८१ करोड पुगेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*