ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन साढे ३ अर्ब माथि, जीवन बीमा कोष ५९ प्रतिशतले बढ्यो

३१ श्रावण २०७९, मंगलवार १०:२५

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुससार कम्पनीले अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ।

खुद बीमा शुल्क आर्जन २०.६३% ले बढेर ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न mसफल भएको थियो ।
ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २३ करोड ९१ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष कम्पनीले १३ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ८३.९८% ले बढेको हो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्नाले खुद नाफा वृद्धिमा राम्रो सहयोग पुगेको हो ।

कम्पनीले नोक्सानी व्यवस्थाका लागि २ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । साथै, यसको व्यवस्थापन खर्च पनि सामान्य बढेको छ ।असार मसान्तसम्म कम्पनीको जगेडा कोष ३४.६०% ले बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको जगेडामा ५७ करोड ५८ लाख रुपैयाँ रहेको थियो। जीवन बीमा कोषको आकार भने ५९.१३% ले बढेर ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमा कोष ३९ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

ज्योतिको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*