नेको इन्स्योरेन्स कम्पनीले कमायो सबैभन्दा बढि मुनाफा, लगानीकर्ता मालामाल, अन्य सूचांकमा प्रगति

३१ श्रावण २०७९, मंगलवार १०:२५

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमै सबैभन्दा बढि मुनाफा कमाउने कम्पनी बन्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेकोले निर्जीवन बीमा कम्पनीहरु मध्येबाट सबैभन्दा बढि मुनाफा आर्जन गर्दै उत्कृष्ट कम्पनी बन्न सफल भएको हो ।
नेको इन्स्योरेन्स कम्पनीले गत आवको वित्तिय विवरण प्रकाशन गरेकोेछ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोषमा एक अर्ब ३७ करोड ४४ लाख ५३ हजार रुपैयाँ संचिती रहेको छ । कम्पनीको बीमा कोष २५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी १८.१५ प्रतिशतले बृद्धि भई दुई अर्ब ४१ करोडबाट बढेर दुई अर्ब ८५ करोड ३८ लाख पुगेको छ । कम्पनीको कूल बीमा शुल्कमा भएको बृद्धिसँगै लगानी, कर्जा, पुनर्बीमा कमिशन बापत प्राप्त आम्दानी ३४.०६ प्रतिशतले बृद्धि हुँदा सबै सूचांकमा सकारात्मक प्रभाव मात्रै परेको छैन बीमा क्षेत्रकै सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने कम्पनीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीको मुनाफा ९.०३ प्रतिशतले बृद्धि भई ५५ करोड एक लाख २८ हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीले ५० करोड ४५ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी ३४.०६ प्रतिशतले बृद्धि भई ६२ करोडबाट बढेर ८४ करोड ३६ लाख ८२ हजार रुपैया पुगेको छ । त्यस्तै कम्पनीको जारी बीमा पोलिसी संख्यामा केही घटेर दुई लाख ९८ हजार ९२० रहेको छ ।

सबैभन्दा बढि मुनाफा कमाएर लगानीकर्ताहरुलाई बम्पर लाभांश दिने क्षमता राखेको नेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३१.४४ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३७९.८२ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको नेटवर्थ २११.९० रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले समीक्षा अवधीमा एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस्तो भुक्तानी एक अर्ब सात करोड रुपैयाँ रहेको थियो । त्यस्तै बक्यौता दावी भुक्तानीमा एक अर्ब ९६ करोड ४३ लाख रुपैयाँ बाँकी छ । अघिल्लो आवमा कम्पनीको बक्यौता दावी भुक्तानी एक अर्ब ६९ करोड रुपैयाँ बाँकी थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*