गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

३१ श्रावण २०७९, मंगलवार १०:५२

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६।०७७ को मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले आव २०७६।०७७ को मुनाफा कायम चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँबाट ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३९१७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*