मर्जरको प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सले कति पायो रेटिङ ?

९ भाद्र २०७९, बिहीबार ११:३०

काठमाडौं । इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई इक्रा एनपि आइआर बिबि प्लसको रेटिङ पुष्टी गरेको छ। मर्जरको प्रकृयमा रहेको महालक्ष्मी लाइफसँग मर्जरको चरणमा छ । इक्रा नेपालले ‘वाच विथ डेभलपिङ’ मा प्राथमिक शेयर निष्काशक गर्न कम्पनीले उक्त रेटिङ प्रदान गरेको हो।

रेटिङ एजेन्सी ईक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो रेटिङ भएका जारीकर्ताहरूले वित्तीय दायीत्वहरु समयमै पूरा गर्ने सन्दर्भमा मध्यमस्तरको जोखिम मानिन्छ।
प्लस वा माइनसको चिन्हले मूल्याङ्कन चिन्हहरूमा जोडिएको मूल्याङ्कन कोटिहरुभित्र तिनीहरुको सापेक्ष स्थितिलाई जनाउँछ। यसरी, बिबि प्लसको मूल्याङ्कन बिबिभन्दा एक अंक उच्च छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*