एलआइसी नेपालको ४० उत्कृष्ट अभिकर्ताहरु सम्मानित

९ भाद्र २०७९, बिहीबार १३:४६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालमा आबद्ध उत्कृष्ट एजेन्सीहरुले सम्मान र अभिप्रेरणामुलक तालिम प्राप्त गरेका छन् ।

एलआइसीमा लामो समयसम्म काम गरेका अनुभवी बीमा प्रशासक तथा एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासबाट उत्कृष्ट बीमा व्यवसाय गर्ने एजेन्सीहरुले अवार्ड प्राप्त गरेका छन् ।

एलआइसी नेपालको काठमाडौंका शाखा र कमलपोखरी एजेन्सीको संयुक्त आयोजनामा भएको उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट बीमा व्यवसाय गर्ने ४० जना अभिकर्ताहरु सम्मानित भएका थिए ।

भदौ ७ गते मंगलबार भएको उक्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दास, सिनियिर एजेन्सी म्यानेजर स्वदेश महर्जनका साथै काठमाडौं शाखाका अभिकर्ताहरुको उपस्थिति हरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*