एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ भदौ १२ गतेदेखि सुरु, नेपालबाट सहभागी हुने क्रम बढ्दै

९ भाद्र २०७९, बिहीबार १२:५०

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा जाने क्रम बढ्दै छ ।पछिल्ला बर्षहरुमा एलआईसी नेपाल बाहेक अन्य कम्पनीहरु पनि यस कन्फरेन्समा सहभागी हुने क्रम बढ्दो छ ।

एमडिआरटीको अन्तर्राष्ट्रिय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने जनाइएको छ । सो सम्मेलनमा सहभागी हुन नेपालबाट विभिन्न कम्पनीबाट जाने क्रममा बढ्दो छ। एमडिआरटीका अनुसार विश्वभरका हजारौं व्यवसायिक बीमा अभिकर्ताहरु सहभागी भई क्षमता अभिबृद्धि तथा अनुभव आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय फोरममा नेपालबाट समेत सयौं जना बीमा अभिकर्ताहरु सहभागी हुन पाउने छन् ।

बीमा अभिकर्ताको रुपमा कार्यरत रही सन् २०२१ को जनवरी १ देखि आगामी डिसेम्वर ३१ गतेसम्म एमडिआरटीको लक्ष्य अनुसार बीमा शुल्क संकलन गर्न सफल भएका बीमा अभिकर्ताहरुले मात्रै सो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाउने छन् ।

एमडिआरटीको लागि ३३ हजार अमेरिकी डलर अर्थात करिब ४० लाख रुपैयाँ व्यक्तिगत कोडमा बीमा शुल्क संकलन गरेको हुनुपर्नेछ । एमडिआरटीमा भाग लिन एकल बीमा शुल्कको जम्मा ६ प्रतिशत मात्रै गणना हुन्छ भने अन्य बीमा शुल्कको शत प्रतिशत गणना हुन्छ । तर, कोरोना महामारीका कारण नेपालबाट सहभागी हुने बीमा अभिकर्ताले आगामी डिसेम्वर ३१ भित्रमा ३४ लाख ९८ हजार रुपैयाँ भन्दा बढि बीमा शुल्क संकलन गरेको अवस्थामा मात्रै एमडिआरटीमा क्वालिफाई हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*