सबै क्षेत्रीय कार्यालयमा रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

९ भाद्र २०७९, बिहीबार १७:५२

काठमाडौं । सबै क्षेत्रीय कार्यालयहरुमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । यसै अवसरमा तिज बिशेष दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम शुक्रबार पोखरा र तनँहु, शनिवार स्याङ्जा र ईटहरी, आईतबार बझाङ र नुवाकोट सोमबार ईलाममा आयोजना गरिएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स इलाम शाखाद्धारा सञ्चालित उक्त कार्यक्रममा शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रिय कार्यालयका उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु सम्मानित गरिएको थियो सो कार्यक्रममा कम्पनीका एमडीआरटी, मार्केटिङ म्यानेननजर, ब्रान्च म्यानेनजर र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*