भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सम्बन्धी सम्झौता

९ भाद्र २०७९, बिहीबार १८:००

काठमाडौं । भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । भरतपुर उपमहानगरपालिकाका मेयर रेणु दाहालले अघि सारेको छोरी बीमा संचालन गर्न को लागि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरिएको हो ।

उक्त सम्झौतापत्रमा भरतपुरकी मेयर रेणु दाहाल र संस्थानको तर्फबाट संस्थानका प्रशासक कवि पाठकले हस्ताक्षर गरेका छन् । भरतपुर महानगरका स्थायी बासिन्दाले सरकारी स्वास्थ्य संस्थामा छोरी जन्माउनेले यस्तो सुविधा पाउने छन् । घरैमा बच्चा जन्माएमा यस्तो सुविधा पाउने छैनन् । छोरीहरु १५ वर्ष उमेर पुरा भएपछि जीवन बीमा बापतको रकम प्राप्त गर्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*