बीमा अभिकर्ताको लाइसेन्समा कडाई गर्दै बीमा समिति, नयाँ र पुरानो दुबैलाई तालिम अनिवार्य

अनलाईनबाटै परिक्षा लिने सफट्वयर बनाईदै
रिना खत्री
९ भाद्र २०७९, बिहीबार १९:०१

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीको अभिकर्ताको योग्यता पूरा गर्न परिक्षा दिनुपर्ने भएको छ । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको जनाएको छ । यसै बिषयमा बीमा समितिमा छलफल हुदैछ ।

बीमा कम्पनीमा अभिकर्ताकै विश्वास गर्दा विकृति भित्रिएको भन्दै समितिले परीक्षा पास गरेकालाई मात्र अभिकर्ताको अनुमति दिने गरी तयारी गरेको छ ।अधिकांश बीमा कम्पनीहरूले तालिम नदिई इजाजत पत्रको लागि बीमा समितिमा सिफारिस गर्ने र उनीहरूबाट बीमा प्रस्ताव स्वीकार गर्ने कारण विभिन्न घटना बढ्दै गएपछि बीमा समितिले यस्तो कदम चाल्न लागेको हो ।

बीमा अभिकर्ताका प्रस्ताव क्रस चेक नगरी स्वीकार गर्दा बीमा मा उनीहरुकै मिलेमतोमा विकृति मौलाउन थालेको गुनासो बढेपछि नियन्त्रण गर्न खोजिएको समितिले जनाएको छ । समितिले हाल भईरहेको छलफलमा अनलाईनबाटै लिने तयारीको साथ सफट्वयर गरिहरहेको जनाएको छ। अभिकर्ताको अनलाईन परीक्षा प्रणाली पुसदेखि सुरु गर्ने गर्ने तयारी भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । आवश्यक मापदण्डहरुको बारेमा छलफल भईरहेको केही दिन भित्रै खाका तयार गर्ने तयारी समेत रहेको उनले बताए ।

बीमा तालिम केन्द्रबाट तालिम दिने वा बीमा कम्पनीहरु आफैंलाई दिने भन्ने विषयमा छलफल भइरहेको समितिको भनाइ छ । अहिले देशभर करिब ५ लाख अभिकर्ता रहेको बीमा समितिको भनाइ छ । तर तिनमा डेढ लाख जति सक्रिय रहेका छन् । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*