नेपाल लाइफद्धारा शाखाहरु घटाउने निर्णय, कुन–कुन शाखा परे कटौतीमा ?

१० भाद्र २०७९, शुक्रबार १२:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने निर्णय गरेको छ । कम्पनीले ६ वटा प्रदेशमा रहेका केही सीमित शाखाहरु गाभिने वा स्थानान्तरण हुने जनाएको हो ।

जसमध्ये बागमति प्रदेशका १३ वटा शाखा कार्यालय अब गाभिई अर्थात स्थानान्तरण भई ६ वटा शाखा हुनेछ । त्यस्तै, प्रदेश नं. १ अन्तर्गतका दुई शाखा कार्यालयलाई एउटा बनाउने, मधेश प्रदेश अन्तर्गतका ६ वटा शाखालाई ३ वटा शाखा, गण्डकी प्रदेशको दलदले शाखालाई अरुणखोलामा स्थानान्तरण, लुम्बिनी प्रदेश अन्तर्गका दुई शाखालाई एउटा शाखा बनाउने र सुदुरपश्चिम प्रदेश अन्तर्गतका दुई शाखालाई एउटा शाखा बनाउने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा भएका आफ्ना केही सीमित शाखा कार्यालयहरु एकआपसमा मर्ज गराई शाखा कार्यालयको संख्या घटाएको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*