बीमा समितिद्वारा नेपाल लाइफको जोखिमबारे सुपरिवेक्षण सुरु

१० भाद्र २०७९, शुक्रबार १३:००

काठमाडौं । बीमा समितिले नेपाल लाइफको रिक्स सुपरिवेक्षण सुरु गरेको छ । नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठूलो व्यवसाय गर्ने एवम् अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जोखिममा आधारित सुपरिवेक्षण गर्न सुरु गरेको छ ।

बीमा समितिले उच्च जोखिम भएका कम्पनीहरुको पहिलो चरणमा जोखिम सुपरिवेक्षण सुरु गर्ने योजना अन्तर्गत नेपाल फाइफको जोखिममा आधारित सुपरिवेक्षण गर्न लागेको हो । उक्त कार्य यसै बर्षभित्र सक्ने बीमा समितिले लक्ष्य लिएको जनाएको छ ।

जोखिममा आधारित सुपरिवेक्षणमा बीमा कम्पनीहरुले गरेको कार्यहरुबाट सृजना हुन सक्ने जोखिमको परिमाण, अवस्था तथा सोबाट पर्न सक्ने प्रभावको आँकलन र जोखिम व्यवस्थापनका लागि अवलम्बन गरेको अभ्यास समेतको मूल्याङ्कन गरी निरिक्षण टोलीले समष्टिगत स्थलगत निरीक्षण गरेको सम्बन्धित संस्थाको जोखिम विवरण (रिस्क प्रोफाइल) तयार गर्दछ ।

आधार मानी बीमा कम्पनीहरुको समष्टिगत स्थलगत निरीक्षण गर्ने वा लक्षित स्थलगत निरीक्षण गर्ने भनेर छुट्याइन्छ । जोखिममा आधारित भएर सम्पन्न गर्ने निरीक्षण कार्यलाई नै जोखिममा आधारित सुपरिवेक्षण भनिन्छ ।

जोखिममा आधारित बीमा कम्पनीको सुपरिवेक्षण गरिसकेपछि उक्त कम्पनी जोखिमपूर्ण रुपमा कमजोर रहेको भएमा उक्त तथ्य समयमा नै पत्ता लागि समस्या समाधानको उपाय खोज्न सहज हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*