सिटिजन लाइफ इन्स्योरेन्सको अवार्ड कार्यक्रम सम्पन्न, ३ सय बढी अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित (फोटोफिचरसहित)

१० भाद्र २०७९, शुक्रबार १७:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सिटिजन लिडर्स नाइट २०२२’ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ ९ गते सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त समारोहमा सिटिजन लाइफका देशैभरीका ३ सय भन्दा बढी उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेबाट विभिन्न विधाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु सम्मानित भएका थिए ।

कम्पनीले बिजनेश टिमअन्तर्गको टप वानमा जमल शाखाका टुक बहादुर राना, प्रिमियम कलेक्शनको टप वानमा मिर्चैया शाखाका सन्तोष कुमार यादव, पोलिसी अन्तर्गत कावासोती शाखाकी तारा केसी खत्री र रिक्रुइटमेन्ट अन्तर्गतको टप वानमा चाबहिल शाखाकी गीता रायमाझीलाई अवार्ड प्रदान गरेको थियो ।

यसका साथै सिटिजन लिडर्सअन्तर्गत टप एजेन्सी म्यानेजरहरुमा विर्तामोड शाखाका ईश्वरी प्रसाद बराल, बानेश्वर शाखाका भेषराज भट्टराई, जमल शाखाका किशोर मान जोशी, बालाजु शाखाका नरेन्द्र पुन, पाल्पा शाखाकी अविता नेपाली, चाबहिल शाखाकी सुजना लामा, पाल्पा शाखाकी रीता पाण्डेय, देवदह शाखाकी विष्णु पाण्डेयर पुरी र दुलेगौंडा शाखाकी सुनिता थापा सम्मानि भएका थिए ।

त्यस्तै, प्रिमियम कलेक्शन टप अभिकर्ताहरमा जमल शाखाका लक्ष्मण कुमार श्रेष्ठ, स्वयम्भू शाखाकी अस्मिता पौडेल, बर्दधाट शाखाकी सुनिता भट्टराई, बानेश्वर शाखाकी मुना कुमारी कँडेल, बेलबास शाखाकी सृजना भुसाल, कावासोती शाखाकी तारा केसी खत्री, अत्तरीया शाखाका तारा प्रसाद पुडासैनी र भैरहवा शाखाकी आस्था केसीले उक्त विधाअन्तर्गतको अवार्ड प्राप्त गरेका थिए ।

कम्पनीले कर्पोरेट क्लब, सिल्भर क्लब, गोल्ड क्लब, डायमण्ड क्लब, प्लाटिनम क्लब, सिटिजन स्टार, सिटिजन डबल र ट्रिपल स्टार गरी कुल ३ सय बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

उक्त सभामा कम्पनीका सिइओ पोषक राज पौडेल, अध्यक्ष प्रदिप जंग पाण्डे, संचालक समितिका सदस्यहरु महेश स्वार, मनोज कार्की, सुमित कुमार अग्रवाल, कम्पनीका ब्राण्ड एम्बेसडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै डिजिएम, सेल्स म्यानेजर, एरिया म्यानेजर, प्रादेशिक एरिया म्यानेजरहरु र देभैभरिका अभिकर्ता र एजेन्सी म्यानेजरहरु गरी ३५० बढीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम आगामी वर्षको योजना रणनीतिसहित गत वर्षको व्यवसायिक समिक्षासहित सम्पन्न भएको कम्पनीले जनाएको छ ।

 

फोटोफिचर :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*