बुवाको मुख हेर्ने दिनमा बुबालाई बीमा पोलिसी उपहार किन नदिने?

११ भाद्र २०७९, शनिबार ११:३५

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

यसै अवसरमा आफनो बुबाको भावि जोखिमको सुरक्षण गर्न बीमा पोलिसी पनि उपहार दिन सकिन्छ । अनावश्यक वस्तुको सट्टामा बुबाको मुख हेर्ने दिनमा बीमा पोलिसी उपहार दिए जोखिम सुरक्षण समेत समेट्ने हुँदा बीमा गराँउदा राम्रो हुने बीमा विज्ञ भोजराज शर्मा बताँउछन् । सानो सानो खुसीको साथै जोखिम सुरक्षणलाई मध्यनजर गर्दै बीमा गराउनु उत्तम विकल्प रहेको उनले बताए ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

जीवन बीमा कसरी गर्ने ?
नेपालमा १९ जीवन बीमा कम्पनीहरु संचालनम रहेका छन् । विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आईरहेका छन् । जीवन बीमा अभिकर्तामार्फत तपाईहरुले बीमा प्रस्ताव गर्न सक्नुहुनेछ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो आम्दानीको हिसाब किताब राम्रोसँग पक्कै गर्नुपर्नेछ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ कम्पनीले यो सेवा प्रदान गर्छन् । आफूलाई पायक पर्ने स्थानमा आफूले बीमा गराउन सक्छौ । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता रहेका हुन्छन् । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने बजेट अनुसारको बीमा पोलिसी खरिद गर्न सकिन्छ ।

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ त ?
कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नुपर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ । त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ । ५० हजार रुपैयाँ माथि जति बीमाङ्कको पनि बीमा गर्न सकिन्छ ।

सामान्यतया पाँच देखी ५४ वर्ष अवधि सम्मको बीमा गर्न सकिन्छ । यदि तपाईंको उमेर ३० वर्ष छ र तपाईको आम्दानीले १५ वर्ष अवधिको ५ लाखको बीमा लागि गर्नु भयो भने वार्षिक ३३ हजार रुपैयाँ कम्पनीलाई तिर्नुपर्छ ।

कति रुपैयाँ फिर्ता आउँछ ?
बीमा भनेको जोखिम घटाउनु हो । त्यसैले भविष्यमा त्यस्तो कुनै भवितब्य आयो भने कम्पनीले तपाईको परिवारलाई बीमाङ्क बराबरको सबै रकममा सो अवधीमा कम्पनीले आर्जन गरेको बोनस रकम थप गरेर फिर्ता दिन्छ । जस्तो पाँच लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने बीमाङ्क रकम अर्थात पाँच लाख र कम्पनीको नियम अनुसार दिने बोनस रकम थप भई परिपक्व भएपछि भुक्तानी हुनेछ ।
त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुमा विभिन्न रोगहरु समेट्ने खालको स्वास्थ्य बीमा स्किम पनि आफनो अभिभावकलाई दिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*