१९ जीवन बीमा कम्पनीको कूल लगानी चार खर्ब ७३ अर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि कसको कति (सूचिसहित)

१२ भाद्र २०७९, आईतवार १७:४३

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल चार खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ जीवन बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष तथा पुँजि समेतबाट सो लगानी गरेका हुन् ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले देशको कूल निक्षेपको झण्डै १० प्रतिशत भन्दा ठूलो पुँजि निर्माण गरेको छ ।
नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफले एक खर्ब ४३ अर्ब ८७ लाख रुपैयाँ लगानी गरेको छ । लगानीको आधारमा नेपाल लाइफको हिस्सा सबैभन्दा बढि छ । त्यस्तै, दोस्रोमा एलआईसी नेपालको ७६ अर्ब, नेशनल लाइफको ४७ अर्ब, राष्ट्रिय बीमा संस्थानको ३७ अर्ब, एशियन लाइफको ३० अर्ब रुपैयाँ लगानी रहेको छ ।

बीमा कम्पनीहरुले सबैभन्दा धेरै बैंकको मुद्दति निक्षेपमा लगानी गर्ने गर्दछन् भने बाँकी शेयर, घरजग्गा तथा संस्थापक शेयरमा लगानी गने गर्दछन् ।

बीमा समितिले तयार पारेको लगानी सम्बन्धी तथ्याङ्क अनुसार मेट लाइफको २३ अर्ब, प्राइम लाइफको १८ अर्ब, गुराँस लाइफको १३ अर्ब, युनियन लाइफको १२ अर्ब, ज्योति लाइफको ८ अर्ब, सिटिजन लाइफको ८ अर्ब, रिलायबल लाइफको सात अर्ब, आईएमई लाईफको छ अर्ब, रिलायन्स लाइफको छ अर्ब, प्रभु लाइफको पाँच अर्ब, सानिमा लाइफको पाँच् अर्ब, सन नेपाल लाइफको पाँच अर्ब र महालक्ष्मी लाइफको पौने पाँच अर्ब लगानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*