निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५३ अर्बमाथि, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा अगाडि

१२ भाद्र २०७९, आईतवार १७:५६

काठमाडौं । नेपालमा सञ्चालित २० वटा (मर्जरपछि १९ वटा) निर्जीवन बीमा कम्पनीहरुले कूल ५३ अर्ब ९१ करोड ९२ लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निक्षेप लगानी, कर्जा तथा अन्य लगानी गरी सो रकममा रकम लगानी गरेका हुन् ।

तथ्याङ्क अनुसार सबैभन्दा अगाडि राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो कम्पनीले कूल् पाँच अर्ब ९३ करोड ९४ लख ७६ हजार रुपैयाँ मुद्दति निक्षेप तथा कर्जा र अन्य क्षेत्रमा लगानी गरेको छ । लगानीको आधारमा दोस्रो नम्वरमा नेको इन्स्योरेन्स परेको छ । सो कम्पनीले कूल चार अर्ब ४८ करोड रुपैयाँ लगानी छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको चार अर्ब पाँच करोड, सगरमाथा इन्स्योरेन्स कम्पनीको तीन अर्ब ६५ करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको तीन अर्ब ५४ करोड, नेपाल इन्स्योरेन्स कम्पनीको तीन अर्ब ३३ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीको तीन अर्ब २३ करोड, दि ओरियन्टल इन्स्योरेन्सको दुई अर्ब ६९ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको दुई अर्ब ३९ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको दुई अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, लुम्बिनी जनरलको दुई अर्ब २३ करोड, युनाईटेडको दुईअ र्ब १५ करोड, नेशनल इन्स्योरेन्स कम्पनीको दुई अर्ब छ करोड हिमालयन जनरल दुई अर्ब तीन करोड, आईजिआईको दुई अर्ब दुई करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीको एक अर्ब ७६ करोड अजोडको एक अर्ब ६७ करोड, सानिमा जनरलको एक अर्ब ५२ करोड, प्रभु इन्स्योरेन्स कम्पनीको एक अर्ब ४२ करोड र जनरल इन्स्योरेन्सको एक अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*