पुँजिवृद्धिको लागि एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१३ भाद्र २०७९, सोमबार २१:१९

काठमाडौं । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजि वृद्धि गर्नको लागि हकप्रद प्रस्ताव ल्याएको हो । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय स्वीकृतिको लागी बीमा समिति लगायत नियामक निकायसमक्ष प्रस्ताव पेश गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा एलआइसी नेपालले हकप्रद शेयरबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।

कम्पनीले बीमा समितिले दिएका चुक्ता पुँजिको निर्णयलाई ध्यानमा राख्दै हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
बीमा समितिले र कम्पनीको साधारण सभाबाट पारित भएपछि मात्र कम्पनीले हकप्रद शेयर जारी गर्न पाउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*