रिलायबल नेपाल छैटौं वर्षमा, दीर्घकालिन बीमा व्यवसाय रणनीति, लघुबीमालाई प्राथमिकता दिँदै अब्बल कम्पनी बन्ने प्रतिबद्धता

१५ भाद्र २०७९, बुधबार ०८:१८

काठमाडौं । बीमाको माध्यमबाट आम सर्वसाधारणको घरघरमा पुग्न प्रयत्नरत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौं १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष सफलतापूर्वक पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको हो ।

पाँच वर्षको यात्रामा योगदान गर्ने नियामक निकाय, कर्मचारी, बीमा अभिकर्ता तथा शुभेच्छुकहरुमा बार्षिकोत्सवको अवसरमा कम्पनीले कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको छ । साथै आगामी दिनमा अझै सरल र उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकोछ ।

बार्षिकोत्सवकै अवसरमा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले रिलायल नेपाल लाइफ आज अन्य बीमा कम्पनीभन्दा फरक धरातलमा उभिएर अघि बढिरहेको बताउँदै आगामी दिनमा नेपालको गाउँ गाउँ तथा दुर दराजमा व्यवसायको पहुँच विस्तार गरी व्यवसाय अझै फराकिलो परिने सन्देश दिएका छन् । कम्पनीले केन्द्रदेखि तलसम्म एउटै रणनीतिमा काम गरिरहेको बताउँदै आगामी वर्ष अझै उत्कृष्ट कम्पनी बन्ने विश्वास व्यक्त गरेका छन् ।

छैटौं वर्ष प्रवेश गरेको अवसरमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ नारायणबाबु लोहनीले सबै स्टेक होल्डरसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने, लघुबीमाको लागि गाउँ गाउँमा पुगेर बीमा सेवा प्रवाह गर्ने, बीमितको हितमा बोनसदर बृद्धिमा फोकस हुने तथा डिजिटल मार्केटिङलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छैटौं बार्षिकोत्सवको अवसरमा बीमापोष्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हाम्रो अबको लक्ष्य बोनसदर बृद्धि, डिजिटल प्रविधिमैत्री अपनाउनु, लघुबीमामा फोकस भई नेटवर्क बृद्धि गर्दै अघि बढ्नु र दक्ष जनशक्तिमार्फत दीर्घकालिन व्यापार बृद्धिमा केन्द्रीत हुनेछौं ।’

छैटौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले आज देशैभरिका शाखामा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गरेर मनाउँदैछ भने केन्द्रीय कार्यालयमा अपरान्ह चार बजेपछि बार्षिकोत्सवको कार्यक्रम हुने कम्पनीले जनाएकोछ । कम्पनीले छैटौं बार्षिकोत्सवको अवसरमा नेपालमा बैज्ञानिक महावीर पुनःको राष्ट्रिय आविस्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नेछ ।

आज दिनभरि नै राजधानी बाहिरका शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । त्यस्तै, अनाथालयमा खाद्यान्न वितरण, अस्पतालमा फलफूल वितरणका कार्यक्रम राखिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका चिफ म्यानेजर शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

कम्पनीले छोटो अवधीमै लगातार प्रगति गर्दै अघि बढिरहेको छ । गत आवको वित्तीय विवरण अनुसार जीवन बीमा कोष ७८.१३ प्रतिशतले बृद्धि गरी चार अर्ब ६० करोडमाथि पुर्याउन सफल भएको छ । त्यस्तै, खुद नाफा २१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा मात्रै तीन अर्ब ७७ करोड एक लाख १५ हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजि भएको रिलायबल नेपाल लाइफले वित्तीय विवरणले जीवन बीमाको दीगो व्यवसायतर्फ अघि बढेको देखिन्छ । बार्षिकोत्सवको अवसरमा आजको सफलता प्राप्त गर्न योगदान गर्ने अध्यक्ष उदय नेपाल श्रेष्ठ, सिईओ नारायणबाबु लोहनी तथा विभागिय प्रमुखहरु तथा सबै कर्मचारीहरु, अभिकर्ताहरु बधाईका पात्र बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*