रिलायन्स लाइफ इन्स्योन्सेको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न

१५ भाद्र २०७९, बुधबार १२:४२

काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सफलताका साथ सम्पन्न गरको छ । क्षेत्री एजेन्सी भेटघाट सम्मेनल, रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन भदौ ८ र ९ गते बर्दिबास र हेटौडामा सम्पन्न भएको हो ।

उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ) निराजन कँडेलको उपस्थित रहेको थियो । त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित थिए ।

कार्यक्रममा प्रेरक प्रशिक्षक बि.पि. रेग्मीले आफ्नो भनाई र उद्धरणहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पुर्ण रिलायन्स साथी लगायत अन्य ब्यक्तिहरुको ध्यान आकर्षण गरेका थिए । हरेक बर्ष प्रत्येक क्षेत्रमा गरिदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि बिभिन्न तालिम दिइएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*