जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ रिलायबल नेपाल लाइफको छैठौं बार्षिकोत्सव सम्पन्न

१५ भाद्र २०७९, बुधबार १९:५८

काठमाडौं ।जीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ ।

स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेका छौं । कम्पनीलाई यस स्थान सम्म पुयाउन सहयोग गर्नु हुने बीमितहरु, नियामक निकायहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु, संस्थापकहरु, कर्मचारीहरु, पत्रकारहरु, लगायतका सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ । पाँंचौं वार्षिक उत्सवको अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई अक्षरुपी पाँच लाख रुपैया मात्र हस्तान्तरण गयो ।

साथै वार्षिक उत्सवको उपलक्ष्यमा भद्रपुर, बिराटनगर, धनगढी शाखाद्धारा रक्तदान कार्यक्रम आयोजना गरियो र राजबिराज तथा वुटवल शाखाद्धारा स्थानिय अस्पतालमा फलफुल वितरण गरियो, । निजगढ शाखाले, फरक डंगले सक्षम तथा एकल महिलाहरुलाई खाद्य्य सामाग्रीहरु वितरण गरि तथा बेसिशहर शाखाद्धारा ट्राफिक संकेत सहयोग गरि वार्षिक उत्सव मनाइयो । साथै मणिग्राम शाखाले अपाङग आश्रमलाई सहयोग गरि तथा बुटवल शाखाद्धारा लुम्बिनी अस्पताल लाई फलफुल वितरण गरि मनाइयो । समग्रमा विभिन्न किसिमका सामाजिक कार्यक्रम आयोजना गरि यस संस्थाको देशै भरिका शाखा कार्यलयहरुमा पाँंचौं वार्षिक उत्सव हर्षउल्लासका साथ मनाइयो।

अगामि दिनमा निरन्तर उत्कृष्ठ सेवा प्रदान गरीने प्रतिवद्धता समेत जाहेर गरेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*