एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न, नेपाली बीमा अभिकर्ताहरुले नेपालको झण्डा हल्लाउँदै सहभागी

१६ भाद्र २०७९, बिहीबार ०८:०८

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा हिजो सम्पन्न भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित इन्टरनेशनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने सम्मेलन बीमा अभिकर्ताहरुको क्षमता अभिबृद्धि, नेतृत्व विकास र बीमा क्षेत्रका समसामयिक समस्याहरुमाथि छलफल गर्र्दै सकिएको छ ।

गत आइतबार विहान ९ बजेदेखि सुरु भएको सम्मेलन हिजो अबबेर सकिएको सो सम्मेलनमा नेपालबाट सहभागीहरुले बताएका छन् । एमडिआरटी ग्लोबल कन्फरेन्समा मेन प्लेटफर्म, स्पेशल सेशन, फोकस सेशन र कनेक्जन जोन गरी चार सत्र अन्र्तगत बीमा अभिकर्ताहरुलाई सहभागी गराइएको थियो । मुख्य भाषा अंग्रेजी रहेको सो कार्यक्रममा अन्य ५० वटा भाषामा समेत अनुुवाद गरी सहजै बुझ्न सकिने बनाइएको थियो ।

त्यस्तै, विशेष सत्रमा पहिलो पटक सहभागी हुनेहरुका लागि छुट्टै व्यवस्था गरी स्वागत गरिएको थियो भने कोर्ट अफ टेवल तथा टप अफ टेवल (सिओटी र टिओटी) लागि छुट्टा छुट्टै व्यवस्था गरिएको थियो । विशेष सत्रमा कोर्ट अफ टेवल ओपन फोरमको व्यवस्था गरिएको थियो । त्यस्तै एमडिआरटी ग्लोबल फोरमको लागि छुट्टै सेसनको व्यवस्था गरिएको थियो ।

एमडिआरटी ग्लोबल कन्फरेन्समा सदस्य बनेका तथा नबनेका तर बीमा क्षेत्रका ज्ञाताहरु सहभागी हुन्छन् । यस अन्तर्गत बीमा पोलिसीका बारेमा तथा लगानी विविधिकरण गर्ने बारेमा छलफल भएको थियो ।

चौथो सेसनको रुपमा कनेक्सन जोन रहेको थियो । उक्त सत्रमा बीमा अभिकर्ताहरुको दैनिकीमा कसरी सुधार ल्याउने, सफल बीमा अभिकर्ता हुनको लागि गर्नुपर्ने आईडियाहरु तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । उक्त सेसन अन्तर्गत आपसी सद्भावको विकास, सहकार्य तथा बीमा अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय रुपमा कनेक्सन गर्न मद्दत पुग्ने कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपालबाट सहभागी करिब दुई दर्जन सहभागीहरुले एमडिआरटीका अध्यक्ष रेण्डी स्कीचफिल्डसँग भेटवार्ता गरेका छन् । युनियन लाइफमा बीमा रत्न भइसकेका नेपालगन्जका निरज भट्टका अनुसार नेपाली बीमा अभिकर्ताहरुले एमडिआरटी फोरममा दिल खोलेर छलफल गरेको प्रतिक्रिया दिएका छन् । एमडिआरटीका अध्यक्षसहितका पदाधिकारीहरुसँग कार्यक्रममा सहभागी अभिकर्ताहरुले आफूलाई लागेका जिज्ञाशा सोधेका थिए ।

एमडिआरटी सम्मेलनमा रिलायन्स लाइफकी बीमा अभिकर्ता नमिता न्यौपाने, युनियन लाइफका निरज कुमार भट्ट, रेशम गौतम, बिमल ढकाल, अम्बिका गौतमलगायतका बीमा अभिकर्ताहरु सहभागी छन् । त्यस्तै, आइएमई लाइफकी लक्ष्मी डिसी लगायतका बीमा अभिकर्ताहरु सहभागी भएका थिए ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै युनियन लाइफका निरज कुमार भट्टले नेपालको बीमा क्षेत्रबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष रेण्डी स्कीचफिल्डले नेपालको अवस्थाबारे जानकारी लिँदै छिट्टै केही गर्ने आश्वासन दिएको सिड्नीबाट निरज कुमार भट्टले जानकारी दिए ।

यस वर्षको एमडिआरटीको अस्ट्रेलिया ग्लोबल कन्फरेन्सको एआईए इन्स्योरेन्स, मेनु लाइफले प्रिमियर स्पोन्सर गरेको छ भने मेट लाइफले प्रेष्टिज स्पोन्सर गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*