जन्मदिनको अवसरमा आइएमई लाइफको ५ लाखको बीमा उपहार

१७ भाद्र २०७९, शुक्रबार ११:१७

काठमाडौं । पछिल्लो सयम विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह, विवाह उत्सव जस्ता अवसरमा आफ्ना साथीभाई, आफन्त, घरपरिवार तथा इष्टमित्रमा उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड नै चलेको छ ।

यसैबीच सिन्धुपाल्चोक गहते हाल टिकाथली ईमाडोलमा बसोबास गर्ने राम बहादुर श्रेष्ठले आफ्ना छोरा निशान श्रेष्ठलाई बीमा पोलिसी उपहार दिएका छन् । छोरा निशानको जन्मदिनको अवसरमा राम बहादुर श्रेष्ठले आइएमई लाइफ इन्स्योरेन्सको ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।

भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकाले उनले छोरालाई अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरिदिएका हुन् । श्रेष्ठले आइएमई लाइफको सातदोबाटो शाखाबाट उक्त बीमा पोलिसी खरिद गरिदिएका हुन् । सातदोबाटो शाखाका एजेन्सी म्यानेजर विकास श्रेष्ठ र बीमा अभियन्ता हरि कृष्ण श्रेष्ठको उपस्थितिमा राम श्रेष्ठले उक्त बीमा पोलिसी खरिद गरी छोरालाई उपहार दिएका हुन् ।

विभिन्न पर्व, उत्सव, पास्नी तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम सुरक्षण हुने भएकोले छोरालाई आइएमई लाइफको आइएमई सरल सावधिक जीवन बीमा पोलिसी उपहार दिएको राम श्रेष्ठले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*