रिलायबल नेपाल लाइफको बीमा अभिकर्ता तालिम सम्पन्न

२० भाद्र २०७९, सोमबार १२:५७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीको कर्पोरेट कार्यालयले उक्त तालिम प्रदान गरेको हो ।

कर्पोरेट मार्केटिङ डिपार्टमेन्टका बिमल राज रेग्मी र टुक बहादुर सिलवालबाट नयाँ १५ जना अभिकर्ताहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा भएको उक्त एक दिने तालिममा १५ जना अभिकर्ताका साथै कर्पोरेट कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*