साउनमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १३ अर्ब नजिक, कुनले कति कमाए ? (इन्फ्रोग्राफ सहित)

२० भाद्र २०७९, सोमबार १५:५८

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा नविकरण बीमाशुल्क आर्जनबाट १२ अर्ब ८५ करोड रुपैयाँ कमाएका छन् । बीमा समितिले प्रकाशन गरेको साउन महिनाको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा उक्त नविकरण बीमाशुल्क आर्जान गरेका हुन्।

बीमा समितिले प्रकाशन गरेको तथ्यांक अनुसार नविकरण बीमाशुल्क आर्जनमा नेपाल लाइफ नै अगाडि रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब ३० करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ७७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

युनियन लाइफले ६९ करोड रुपैयाँ, एशियन लाइफले ६० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४५ करोड रुपैयाँ, सूर्या लाइफले ४१ करोड रुपैयाँ, प्राईम लाइफले ४० करोड रुपैयाँ, सिटिजन लाइफले ३९ करोड रुपैयाँ र गुराँस लाइफले ३८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, मेट लाइफले ३७ करोड रुपैयाँ, आइएमई लाइफले ३१ करोड रुपैयाँ, ज्योति लाइफले २७ करोड रुपैयाँ, सन नेपाल लाइफले २१ करोड रुपैयाँ, प्रभु लाइफले २० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १८ करोड रुपैयाँ, सानिमा लाइफले १४ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ नविकरण बीमाशु्ल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*