एलआईसी नेपालको हकप्रदलाई बीमा समितिले स्वीकृती दिने, यस्तो छ कारण

२१ भाद्र २०७९, मंगलवार ११:४०

काठमाडौं । एलआईसी नेपालको हकप्रदलाई बीमा समितिले स्वीकृती दिने भएको छ। संयुक्त लगानीमा रहेको एलआईसी नेपालले तोकिएका आवश्यक रकमपुराउन हकप्रद शेयर निष्काशनको ल्याएको र उक्त प्रस्ताव स्वीकृती दिने तयारीमा रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । विदेशी बीमा कम्पनीको शाखाका रुपमा रहेका र ५० प्रतिशत भन्दा धेरै लगानी रहेका कम्पनीहरुलाई फरक हिसावले हेर्नु पर्ने भएकोले एलआईसी नेपालको हकप्रद दिने तयारी भईरहेको समितिले जनाएको छ। अन्य कम्पनीहरुको हकमा यो व्यवस्था लागु नहुने समेत समितिले जनाएको छ।

बीमा समितिले बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। जसमा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ अनिवार्य चुक्ता पुँजि पुराउनुपर्ने छ । जसको कारण कम्पनीले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव ल्याएको हो । उक्त प्रस्तावलाई सयुक्त लगानी भएको कारण पारित गर्ने तयारी भईरहेको समितिले जनाएको छ।

बीमा समितिको प्रावधान अनुसार नेपालमा नै संचालनमा रहेका बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न पाउने छैनन् । मर्जर र बोनस शेयर मार्फत नै पुँजि पुराउनुपर्ने व्यवस्था रहेको छ । एलआईसीको हकमा भने लागु नहुने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको संचालक समितिको बैठकले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको थियो । एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय स्वीकृतिको लागी बीमा समिति लगायत नियामक निकायसमक्ष प्रस्ताव पेश गरिसकेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा एलआइसी नेपालले हकप्रद शेयरबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*