आइएमई लाइफको एभरेष्ट टिम भोटेकोशीमा रमाउँदै (फोटो फिचरसहित)

२१ भाद्र २०७९, मंगलवार १३:३४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एभरेष्ट टिमले दुई दिने व्यवसायिक भ्रमण गरेका छन् । आइएमई लाइफ एभरेष्ट टिमका लिडर तथा नेपाल टप चिफ एजेन्सी म्यानेजर गोविन्द जोशी र चिफ एजेन्सी म्यानेजर रामकुमार बिसुन्केको अगुवाईमा टिमले भोटेकोशी सिन्धुपाल्चोक सुकुटेबिचमा दुई दिने व्यवसायिक भ्रमण सम्पन्न गरेको हो ।

भ्रमणका क्रममा एभरेष्ट टिमले असार महिनामा ल्याएको स्किम टार्गेट पुरा गर्ने पहिलो, दोस्रो र तेस्रोलाई अवार्ड समेत प्रदान गरेको थियो । भदौ १८ गते र १९ गते भएको उक्त समारोहमा कम्पनीका सिइओ कवि फुयाँलको समेत उपस्थिति रहेको थियो ।

साथै बागमती प्रदेश प्रमुख चन्द्र प्रदिप भट्टराई, क्षेत्रीय प्रबन्धक सुनिल अधिकारी, सनत सत्याल,  दिनेश थापा, शुसिला खतिवडा, ब्रान्च म्यानेजर संजय दाहाल, प्रियंका देवकोटा, बिजनेस एक्सलेन्स अवार्ड २०२२ का बिजेता चिफ एजेन्सी म्यानेजर तथा कार्यक्रमका आयोजक गोविन्द जोशी, चिफ एजेन्सी म्यानेजर रामकुमार बिसुन्केसहित नेपालभरीका एभरेष्ट टिमका ६० जना एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

फोटोफिचर : 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*