हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
२१ भाद्र २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको शेयरबजारमा आज २१.२२ अंकले घटेर नेप्से इन्डेक्स १९५१ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक घटेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ्न पुगेको छ । आज शेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर ९ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ११ लाख, सानिमा माई हाइड्रोपावरको ८ करोड ५५ लाख, नबिल बैंकको ५ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।